मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘कांतारा’को पहिलो पार्ट बन्ने

एजेन्सी, मुम्बई, 2023/02/07

Kantara Hindi OTT release: Here's when and where you can watch Rishab  Shetty's blockbuster movie that has earned Rs 400 Crore+ at the box office  | GQ India

 

ऋषभ शेट्टीद्वारा अभिनीत तथा निर्देशित फिल्म ‘कांतारा’को सफलतापछि यसका निर्माताले प्रिक्वेल घोषणा गरेका छन् । भारतीय बक्सअफिसमा मात्रै १ सय ५० करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको सय दिन पूरा गरेको अवसरमा ऋषभले प्रिक्वेल निर्माणको घोषणा गर्दै सन् २०२४ मा रिलिज हुने जानकारी दिएका छन् । हाल स्क्रिप्ट लेखनको काम भैरहेको उनको भनाई छ । 

ऋषभ शेट्टीले प्रिक्वेल निर्माणको घोषणा गर्दै भनेका छन्, ‘हामी निकै खुसी छौं र दर्शकप्रति आभारी छौं, जसले ‘कांतारा’लाई अपार माया र सपोर्ट गर्नुभयो । सर्वशक्तिमान देवको आशीर्वादले फिल्मले सफलतापूर्वक सय दिन मनाएको छ । यो खुसीको अवसरमा ‘कांतारा’को प्रिक्वेल घोषणा गर्दैछु ।’ ‘कांतारा’ दोस्रो पार्ट भएको जानकारी दिँदै उनले अर्को वर्ष पहिलो पार्ट आउने बताएका छन् ।

गत ३० सेप्टेम्बरमा रिलिज भएको फिल्मले सुरुवाती दिनमा बक्सअफिसमा अत्यन्त कमजोर व्यापार गरेको थियो । तर, बलियो ‘वर्ड अफ माउथ’ले फिल्मले आफ्नो रफ्तार पकड्यो । कन्नड भाषामा बनेको यो फिल्मको सानदार कमाईपछि १४ अक्टोबरबाट हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज गरिएको थियो । आइएमडिबीमा फिल्मलाई ९.१ को रेटिङ मिलेको छ, जुन उच्च रेटिङ हो ।