(म्यूजिक भिडियो छायांकनको क्रममा मोडल रन्जित राज वन्तको साथमा वर्षा)
विवाह बन्धनमा बाँधिएपछि अभिनेत्री वर्षा सिवाकोटीले नयाँ फिल्ममा काम गरेकी छैनन् । झन्डै एक वर्षपछि यसै हप्ता नयाँ फिल्म ‘कामिनो’ सम्झौता गरेकी उनले शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘मनसँग मन’ कोभिडभन्दा अघि नै गरेकी थिइन् । उनले विवाहपछि म्यूजिक भिडियोमा पनि उत्ति गरेकी छैनन् । जसले गर्दा उनी फिल्म र म्यूजिक भिडियो छनोटमा चुजी हुन थालेको देखिएको छ ।
हलमा ‘मनसँग मन’ प्रदर्शन भइरहँदा वर्षाले यसै साता ‘अनिंदो रात’ बोलको म्यूजिक भिडियोमा काम गरेकी छन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा उनका जोडी रन्जित राज वन्तसँग बाँधिएको छ । रन्जितले यसअघि केही म्यूजिक भिडियोमा पनि काम गरिसकेका छन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आइरहेका उनले लामो समयपछि म्यूजिक भिडियोमा काम गरेका हुन् ।
नेपाली फिल्म, कलाकार र गीत-संगीतलाई अष्ट्रेलियाको बजारमा विस्तार गर्न वर्षौंदेखि प्रयासरत रन्जित गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाको युवा फोरमका कोषाध्यक्ष समेत हुन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका प्रदीप रानाभाटको गीतमा आवाज र संगीत छ । भिडियोको डीओपी अर्जुन तिवारी हुन् भने क्यामेरा म्यानमा बुद्ध थापा छन् । उक्त गीतको भिडियो यसै साता रिलिज हुनेछ ।