मिति : २०८१ आश्विन २१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.50/5.00)
Text size:-
+
-

बलिउड छिर्ने प्रयासमा छन् आशिरमान ?

फिल्मीखबर, काठमाडौं, 2023/03/10

भारत, नेपालको छिमेकी मुलुक । जहाँ छ विश्वको ठूलो फिल्म उद्योग बलिउड । आउजाउ गर्न र भाषा, दुवैको सहजता छ । केही नेपाली कलाकारहरुले बलिउडमा नाम पनि कमाइसकेका छन् । उदाहरणका लागि अभिनेत्री मनीषा कोइरालाको नामै काफी छ । उनले बलिउड इन्डस्ट्रीमा जुन स्थान बनाइन्, त्यसलाई प्रेरणाको स्रोत मान्दै बलिउड प्रवेशको सपना देख्नेहरु नेपालमा धेरै छन् ।

नेपाली फिल्ममा नै ठूलो नाम र दाम कमाइसकेका प्रदीप खड्का समेत बलिउडमा छिर्न दौडधुप गरिरहँदा नेपाली कलाकारहरुमा बलिउड मोह कुन हदसम्म छ भन्ने स्पष्ट देखिन्छ । अभिनेता विपिन कार्कीको त बलिउड डेब्यू कन्फर्म नै भैसकेको थियो । पछि उनले व्यस्तताका कारण माया मार्नु पर्‍यो । यतिबेला बलिउड छिर्ने प्रयास अभिनेता आशिरमान देशराज जोशीले गरिरहेका छन् ।

 

Aashirman DS Joshi


डेब्यू फिल्म ‘ग्याङस्टार ब्लूज’ र दोस्रो फिल्म ‘द ब्रेकअप’ दुवै डिजास्टर भएपछि निराशाको चरम विन्दूमा पुगेका उनी विगत डेढ वर्षदेखि स्वप्न नगरी मुम्बईमा छन् । उनले मुम्बईमा बसेर अभिनयको कोर्ष गर्नुका साथै बलिउड प्रवेशका लागि विभिन्न प्रोडक्सन कम्पनीहरुको चक्कर पनि काटिरहेको स्रोत बताउँछ । लकडाउनयता उनले केही नेपाली फिल्मको अफर समेत नकारेका छन् ।

आशिरमान बलिउड छिर्न कसिएपछि आमा रविना देशराज श्रेष्ठले मुम्बईमा अपार्टमेन्ट नै किनिसकेकी छन् । अहिले उनी छोराको साथमा मुम्बईमा छिन् । केही दिनअघि आयुष्मान देशराज जोशीले मुम्बई पुगेर आमा र भाईलाई भेटेका थिए । उनीहरुले एकसाथ होली समेत मनाए, जसमा बलिउड प्रवेशका लागि संघर्ष गरिरहेका परमिता राज्यलक्ष्मी राणा र निरिशा बस्नेत पनि सहभागी थिए ।

सपना देखे जस्तो बलिउड प्रवेश गर्ने बाटो सजिलो र सामान्य छैन । बलिउड छिर्ने फलामे ढोका मनीषा कोइरालाका लागि जस्तो सबैका लागि सजिलै खुल्दैन । त्यसका लागि त्याग, लगाव, संघर्ष, आत्मविश्वास र धैर्यता चाहिन्छ । बलिउडको सपनाले धेरै नेपाली कलाकारको पैतला खियाएको छ । अब आशिरमानले बलिउड झिर्ने सपना पूरा गर्छन् वा हत्तुहैरान भएर फर्कन्छन्, हेर्न बाँकी छ ।