मिति : २०८१ माघ २५, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमा’ ट्रेलर : शुभेक्क्षा र सृष्टिको प्रेममा अरुण

फिल्मीखबर, काठमाडौं, 2023/03/10

Arun Chettri, Subeksha Khadka & Shristi Shrestha

 

‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार इन्टरनेट रिलिज गरिएको २ मिनेट ४२ सेकेन्ड लम्बाईको ट्रेलरमा अविश्वासले प्रेम सम्बन्ध कसरी संकटमा पर्छ भन्ने देखाइएको छ । शुभेक्क्षा खड्काको प्रेममा रहेका अरुण क्षेत्रीको जीवनमा सृष्टि श्रेष्ठको प्रवेशपछि आउने उतार-चढावको कथामा ट्रेलर तयार छ ।

बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ । काठमाडौं, धनगढी र कर्णालीमा खिचिएको फिल्मलाई विवेक घिमिरे र निर्देशक गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् ।

सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको मुख्य सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर, कृष्ण भण्डारीको सम्पादन र महेश पौडेलको डीओपी छ । चैत १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।