मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

आज पीडा भए भोलि राम्रो हुने अनमोलको विश्वास

फिल्मीखबर, काठमाडौं, 2023/03/17

anmol kc

 

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले कहीँ भनेका थिए, ‘यदि कुनै व्यक्ति कहिल्यै असफल भएको छैन भने त्यसको अर्थ उसले आफ्नो जीवनमा कहिले केही नयाँ गर्ने कोसिस नै गरेको छैन ।’ यसैले असफलता जीवनको एउटा वास्तविकता हो, जसको सामना सबै मानिसले आफ्नो जीवनकालमा गर्नुपर्छ । यसबाट कोही भाग्न सक्दैन । ‘मेगास्टार’ कहलिएका अनमोल केसी पनि सकेनन् ।

उनले आफ्नो फिल्मी करिअरमा असफलता भन्ने कुरा उत्तिसाह्रो महसुस नै गरेका थिएनन् । उनको फ्लप भनिएका फिल्मले समेत डिजिटल राइट्स र ओभरसिज राइट्सबाट निर्माताको लगानी उठाएका थिए । यसैले उनलाई सफलताको मानक मानिन्थ्यो । तर, गत फागुन १९ गते प्रदर्शनमा आएको फिल्म ‘छड्के २’ले उनलाई पहिलो पटक असफलताको वास्तविक स्वाद चखाइदिएको छ ।

फिल्मको घरेलू बजारमा यो हदसम्म विजोग भयो कि दर्शक नभएर प्रायः शो ‘क्यान्सिल’ नै भए । प्रदर्शनको एक हप्ता पनि नपुग्दै हलबाट उत्रियो । अनमोलका फिल्मले पहिलो पटक यो हविगत बेहोरेको हो । यति ठूलो असफलताले अनमोललाई मात्र झट्का दिएन, फिल्म इन्डस्ट्री नै स्तब्ध बन्यो । ‘छड्के २’ नचलेपछि अनमोलले आफू परिपक्व हुन नसकेको भन्दै स्वीकारोक्ति व्यक्त गरे ।

यतिबेला उनी फिल्म ‘जेरी अन टप’का लागि तयारी गरिरहेका छन् । फिल्मको टिमसँग पोखरा पुगेका उनले बिहीबार इन्स्टाग्राममा ‘छड्के २’को असफलताप्रति इंकित गर्दै आशावादी भावमा लेखेका छन्, ‘कहिले काहीँ आजको दिन केही पीडादायी हुनसक्छ र भोलिको दिन केही राम्रो हुनसक्छ ।’ अनमोलले आज आफू पीडामा भए पनि भोलि राम्रो हुने आशय व्यक्त गरेको बुझ्न सकिन्छ ।

 

Most Visited News (monthly)