मिति : २०८१ माघ १४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बुलाकी’ : सुरक्षा र नरेनको अभिनयको प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2023/04/13

कर्णालीमा प्रचलनमा रहेको जारी प्रथामा निर्माण भएको फिल्म ‘बुलाकी’लाई राजनीतिज्ञ, फिल्मकर्मी तथा रंग पत्रकारले रुचाएका छन् । बुधबार साँझ काठमाडौंको बिग मुभिजमा आयोजित स्पेशल शोमा फिल्मको कथावस्तु, प्रस्तुतिकरण, कलाकारको अभिनय र छायांकन पक्षको प्रशंसा भएको हो । विशेषगरि, अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको अभिनयको वाहवाही भयो ।

 

bulaki movie


जुम्लाबाट निर्वाचित राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद र कर्णालीको कथालाई मार्मिक ढंगले फिल्ममा प्रस्तुत गरिएको भन्दै प्रशंसा गरे । निर्देशक दिनेश डिसीले ‘बुलाकी’ कमर्सियल भ्यालुसहितको फिल्म रहेको बताउँदै सुरक्षा र नरेनको अभिनयले मन्त्रमुग्ध बनाएको बताए । शिव ढकालको हरेक फ्रेम क्यानभासको पेन्टिङ जस्तो रहेको उनको भनाई छ ।

 

bulaki movie


अभिनेत्री नीता ढुंगानाले फिल्म हेर्दा छुट्टै आनन्दको अनुभूति भएको प्रतिक्रिया दिइन् । अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले ‘बुलाकी’ले जस्तै गरी नेपाली फिल्ममा मौलिक कथा भन्न आवश्यक रहेको औंल्याए । कलाकारहरु पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशकद्वय नवल नेपाल, ज्ञानेन्द्र देउजा आदिले पनि फिल्मको कथाले पूरा अवधि बाँधेर राखेको बताए ।

 

bulaki movie


लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल, सरस्वती खत्रीलगायतको अभिनय छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्वर्गीय मोति बिष्टको प्रस्तुति रहेको फिल्मको कथा, पटकथा तथा संवाद राजबहादुर सानेले लेखेका हुन् ।

 

bulaki movie


‘बुलाकी’ले जारी प्रथालाई मियो बनाएर सन्तान नहुँदा महिलाले समाज तथा परिवारबाट सहनुपर्ने अपहेलना र वैदेशिक रोजगारीले उत्पन्न विवाहेत्तर सम्बन्धको कथालाई पनि देखाउने प्रयास गरेको छ । फिल्ममा हिराको भूमिकामा सुरक्षाले बुलन्द अभिनय गरेकी छन् । फिल्म नै उनले बोकेकी छन् । मध्यान्तरपछि नरेन खड्काले पनि अभिनयमा आफूलाई सशक्त रुपमा प्रस्तुत गरेका छन् ।