मिति : २०८१ आश्विन १५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘नाईं नभन्नू ल ७’मा स्वस्तिमा !

फिल्मीखबर, काठमाडौं, 2023/04/28

swostima khadka

 

नेपालमा सबैभन्दा बढी सिरिज निर्माण हुने फिल्ममा पर्छ, ‘नाईं नभन्नू ल’ । यसको छैटौं सिरिज शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । हरेक श्रृंखला घरेलू बक्सअफिसमा सफल भैरहेको कारणले गर्दा पनि निर्देशक विकासराज आचार्य पैसा फल्ने बोट तत्काल मास्ने पक्षमा देखिएका छैनन् । निर्देशक आचार्यले ‘नाईं नभन्नू ल ६’बाट सातौं श्रृंखला पनि निर्माण हुने संकेत गरेका छन् ।

फिल्मको अन्तिममा अभिनेत्री स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । उनको झन्डै ३ मिनेट लामो सिन छ, जहाँ उनको र बाल कलाकार अथर्व उप्रेतीबीचको संवाद छ । स्वस्तिमाबाटै फिल्मलाई विट मार्दै ‘लाइफ टू वि कन्टिन्यू’ भनेर उल्लेख गरिएको छ । यसबाट ‘नाईं नभन्नू ल ७’मा उनी मुख्य भूमिका देखिन सक्ने बुझिन्छ । पाँचौ श्रृंखलामा पनि उनको केन्द्रिय भूमिका रहेको थियो ।

निर्देशक आचार्य ‘नाईं नभन्नू ल ९’सम्म बनाउने योजनामा छन् । सम्भवतः उनले अनुभव रेग्मीलाई नायकको रुपमा प्रस्तुत गर्दै यो सिरिजलाई पूर्णविराम लगाउन सक्नेछन् । उनले दोस्रो श्रृंखलादेखि अनुभवलाई छुटाएका छैनन् । तर, अहिले अनुभव हर्लक्क बढेकाले न बाल कलाकार न हिरो बन्न नै सुहाउँछ । यसैले ‘नाईं नभन्नू ल ६’मा उनी केमियो भूमिकामा मात्र सीमित भएका छन् ।

दोस्रो श्रृंखलादेखि बाल प्रेमकथालाई मियो बनाएर कथावस्तु बुनिँदै आएको छ । रोनाधोना यो फ्रेन्चाइजको विशेषता नै हो । गीत-संगीत मेरुदण्ड हो । ‘नाईं नभन्नू ल ६’मा पनि बाल प्रेमकथा नै केन्द्रमा छ । यो फिल्मबाट आशिर्वाद क्षेत्रीले नायकको रुपमा डेब्यू गरेका छन् । उनको अपोजिटमा अभिनेत्री आँचल शर्मा छिन् । फिल्ममा आशिर्वाद एक्सन र नृत्यमा निकै छरितो देखिएका छन् ।