मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महेशको जिकिर- ‘हल्कारा’को कथा र मेकिङ दुवैमा सुन्दरता छ’

फिल्मीखबर, काठमाडौं, 2023/05/09

अभिनयमा पारंगत मानिन्छन्, महेश त्रिपाठी । उनले धेरै फिल्ममा काम गरेका छैनन्, तर जतिमा गरेका छन् आफ्नो अभिनयको प्रभाव छाडेका छन् । बैशाख दोस्रो साता सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रसाद २’मा पनि उनको अभिनयको प्रशंसा भएको थियो । अब उनी अभिनीत नयाँ तर अभिनयको हिसाबले डेब्यू फिल्म ‘हल्कारा’ यही शुक्रबार (बैशाख २९ गते)बाट रिलिज हुँदैछ ।

यो फिल्मको कथा र मेकिङ दुवैमा सुन्दरता रहेको उनको दाबी छ । महेश भन्छन्, ‘फिल्ममा परम्परागत मेकिङ छैन । जबर्जस्ती दृश्य राखेर दर्शकलाई हँसाउन वा रुवाउन खोजिएको छैन । फिल्ममा त्यस्ता चिजहरु छन्, जसले दर्शकलाई बाँधेर राख्छ । म आफैं पनि आफ्नो फिल्म हेर्न सक्दिनँ । केही दिनअघि सेन्सरमा पहिलो पटक ‘हल्कारा’ हेरेँ । मैले दर्शक भएर फिल्म हेर्न सकेँ ।’

 

Mahesh Tripathi


विदेशी फिल्म हेरेका आँखाले ‘हल्कारा’लाई पनि सुन्दर देख्ने उनको विश्वास छ । ‘विदेशी फिल्म हेरेका आँखाले ‘हल्कारा’लाई पनि त्यतिक्कै सुन्दर देख्छ जस्तो मलाई लाग्छ । विदेशी फिल्मको आफ्नै सुन्दरता हुन्छ । र, ‘हल्कारा’को आफ्नै छ,’ महेशको दाबी छ । कलाकारमा नभइ कन्टेन्टमा चाहिँ स्टारडम हुनुपर्छ भन्ने मान्यता राख्ने उनी ‘हल्कारा’को कथामा स्टारडम रहेको ठोकुवा गर्छन् ।

महेश स्टारडमलाई भ्रमको संज्ञा दिन्छन् । ‘यो सबैभन्दा ठूलो छरिएको भ्रम हो जस्तो लाग्छ । स्टारडम भन्ने कुरा आउटडेटेड कुरा हो । जहाँ मान्छेले फिल्मलाई बुझेका छैनन् त्यहाँ रहने कुरा हो । हाम्रो समाज त अहिले धेरै ‘ग्रोथ’ भैसकेको छ । हाम्रो समाजले विदेशका धेरै फिल्म हेरिसकेको छ । कलाकारको काम राम्रो हुनुपर्छ । स्टारडमलाई अतिरन्जित गर्न जरुरी छैन,’ उनको तर्क छ ।

कलाकार भएपछि समाजप्रति उत्तरदायित्व रहने उनको बुझाई छ । ‘म एकछिनको क्षणिक प्रशंसा र उपलब्धिमा भन्दा पनि त्यसले पार्ने दीर्घकालिन प्रभावमा विश्वास राख्छु । मैले गरेको फिल्मले १०/१५ वर्षपछि ‘स्पेश’ पाउला तर फरक त पार्छ नि,’ उनी भन्छन्, ‘हामीले हाम्रो समाजको कथालाई उजागर गर्‍यौं भने समाजले एकचोटी न एकचोटी त खोज्छ । इतिहास खोज्नलाई पनि खोज्नुपर्छ ।’

Most Visited News (monthly)