मिति : २०८१ माघ १९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४ करोड खर्च गर्दै ५६ दिनमा सकियो ‘पशुपति प्रसाद २’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2023/05/18

दीपेन्द्र के. खनाल छोटो समयमा फिल्मको छायांकन सक्ने निर्देशकको रुपमा चिनिन्छन् । उनले एक महिनाभन्दा बढी समय कमै फिल्मको छायांकनमा लगाएका छन् । छायांकन कम समयमा सकिँदा बजेट बढ्न पाउँदैन । बजेट नबढ्नु भनेको बक्सअफिसमा दबाब स्वतः कम हुनु हो । त्यसैले निर्देशक खनाल फिल्मको छायांकन लम्बिन नदिन प्रि-प्रोडक्सनमा पर्याप्त मिहिनेत गर्ने गर्छन् ।

 

Dipendra Kumar Khanal and bipin karki


तर, सबै फिल्ममा छायांकन अवधि एउटै हुँदैन । दीपेन्द्रले नै फिल्म ‘आमा’ खिच्न ७२ दिन लगाएका थिए । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकन पनि उनले झन्डै दुई महिना गरेका छन् । ५६औं दिनमा बिहीबार यो फिल्मको छायांकन सकिएको छ । एक महिनाको सेड्युल राखिएको भए पनि फिल्मको छायांकन अवधि लम्बिँदा २ करोड अनुमानित बजेट ४ करोड पुगेको छ ।

अब फिल्मलाई बक्सअफिसमा लगानी सुरक्षित गर्न झन्डै ९ करोडको दबाब रहनेछ । बलियो स्टारकास्ट र हिट फिल्मको सिक्वेल भएकाले फिल्मको व्यापारमा उछाल आउने आँकलन गरिएको छ । बिहीबार पशुपति परिसरमा भष्मे डनको भूमिकामा रहेका अभिनेता विपिन कार्कीको सिन खिच्दै इन्डक्ल्याप गरिएको फिल्मलाई आगामी फूलपातीमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

२०७३ सालको सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलमा विपिनका साथै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायतको अभिनय छ । अघिल्लो श्रृंखलासँगको ‘कनेक्सन’का लागि अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेले पनि अभिनय गरेका छन् । टुकी आर्टस्को ब्यानरमा फिल्म बनेको हो ।

 

Dipendra Kumar Khanal and bipin karki


खगेन्द्र लामिछानेले निर्माण गरेको फिल्मलाई उनी स्वयंले लेखेका हुन् । दीर्घ खड्काको सम्पादन रहने फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत छ । फिल्मको विभिन्न देशमा प्रदर्शन अधिकार विक्री भैसकेको छ । छायांकनको क्रममा बाहिरिएको विपिन, स्वस्तिमा र सौगातको लुक्सले फिल्मलाई नै प्रतिक्षीत बनाएको छ ।