मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब फुर्सद छु, निरन्तर फिल्म गर्छु : विपना थापा

फिल्मीखबर, काठमाडौं, 2023/05/26

८०/९० को दशकमा नेपाली फिल्ममा अभिनेत्री विपना थापाको रजगज थियो । गाउँले र दुःखी चरित्रमा उनी निर्विकल्प जस्तै थिइन् । एक सय बढी फिल्ममा काम गरेकी उनी भारतीय नागरिकसँग विवाह बन्धनमा बाँधिएपछि भने अभिनयबाट टाढा भइन् । सन्तान भएपछि फिल्मसँग उनको दूरी झन् बढ्यो । अब उनी करिब १७ वर्षपछि फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनयमा पुनरागमन गर्दैछिन् ।

शुक्रबार काठमाडौंमा हुन लागेको ‘स्पर्श म्यूजिक भिडियो अवार्ड’मा सहभागी हुन बिहीबार साँझ भारतबाट काठमाडौं आइपुगेकी उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अब निरन्तर फिल्म गर्ने बताएकी छन् । छोरा ठूलो भैसकेकाले आफू फुर्सदिलो रहेको र फिल्ममा काम गर्न समस्या नभएको उनको भनाई छ । विपनाले म्यूजिक भिडियोमा पनि काम गर्ने इच्छा देखाएकी छन् ।

 

Bipana Thapa


उनले भनेकी छन्, ‘मैले नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’ साइन गरिसकेको छु । यसको अगस्टमा छायांकन हुँदैछ । अरु एक/दुईवटा फिल्ममा पनि कुरा भैराखेको छ । मलाई सुहाउने र मैले गर्न सक्ने रोल भए अवश्य काम गर्छु । राम्रो म्यूजिक भिडियोबाट प्रस्ताव आयो भने त्यो पनि गर्छु । अब फिल्ममा लगातार काम गर्ने हो । छोरा पनि ठूलो भैसकेको छ । त्यसैले अहिले म ‘फ्री’ जस्तै छु ।’

नेपाल उर्लिन साथ आफूले सधैं भूमि ढोग्ने गरेको बताउँदै उनले एउटा नारीका लागि माइतीको महत्त्व शब्दमा बयान गर्न नसकिने बताएकी छन् । ‘मलाई विपना थापा भनेर चिनाउने देश हो । नेपालमा टाइला टेकेपछि मेरो मुटु ढक्क फुल्छ,’ उनी भन्छिन्, ‘चेली माइती आउने भनेकै चाडवाड र इभेक्टमा हो । पहिला चाहिँ म १ वर्षमा आउथेँ । आजकाल एक/डेढ महिनामा आइरहेको हुन्छ ।’

कहिले काहीँ त विपनालाई सबथोक छाडेर सधैंका लागि नेपाल जाने सोच पनि आउँदो रहेछ । नेपाललाई कति सम्झनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनेकी छन्, ‘नेपाललाई कति सम्झन्छु भन्नका लागि शब्द नै छैन । कहिले काहीँ त सबै छोडेर नेपाल गइदिऊँ लाग्छ । मलाई पहिचान दिएको देश हो । त्यो लाग्नु स्वभाविक नै हो ।’ उक्त अवार्ड समारोहमा उनलाई सम्मान गरिँदैछ ।

Most Visited News (monthly)