मिति : २०८१ पौष १३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

दीया भन्छिन्, ‘म एउटै खालको क्यारेक्टर गर्न चाहन्नँ’

फिल्मीखबर, काठमाडौं, 2023/06/01

अभिनेत्री दीया पुनले नेपाली फिल्ममा पाइला राखेको ७ वर्ष बढी भैसकेको छ । ‘वीर विक्रम’ उनको डेब्यू फिल्म थियो । पहिलो फिल्मबाटै अभिनयमा राम्रो सम्भावना देखाएकी उनले करिअरको ७ वर्षमा ५ वटा फिल्ममा मात्रै काम गरेकी छन् । त्यसमध्ये पनि तीनवटा मात्र प्रदर्शन भएका छन्, दुईवटा प्रदर्शन हुन बाँकी छ । उनको करिअरको अवधिको तुलनामा फिल्मको संख्या कम हो ।

तर, फिल्म कम भए पनि उनले निभाएका चरित्र सम्झनलायक छन् । उनले पहिलो फिल्मदेखि नै गाउँले चरित्र समात्दै आएकी छन् । यसले गर्दा पनि उनले निभाउने चरित्रमा दर्शकले अपनत्व महसुस गर्छन् । आगामी असार ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अन्तिम संस्कार’मा भने उनले फरक भूमिकामा चुनौती मोलेकी छन् । यसमा दीयाले डीएसपीको भूमिका निभाएकी छन् ।

 

Deeya Pun

 

बुधबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले उनलाई सोधे- ‘के अब आफूलाई लिएर बनेको परिभाषा बदल्न खोजेको हो ?’ जवाफमा दीयाले भनिन्, ‘अघिल्ला फिल्महरुमा म साडी, कर्था-सुरुवाल, धोती लगाएको क्यारेक्टरमा देखिएको थिएँ । तर, म एउटै खालको क्यारेक्टर गर्न चाहन्नँ, अरु पनि गर्न सक्छु भनेर देखाउन चाहन्छु । म आफ्नो अभिनय क्षमता निखार्न पनि चाहन्छु ।’

फिल्म अफर हुँदा आफूले क्यारेक्टर र कथामा विशेष ध्यान दिने गरेको र यही कारण आफू कमै फिल्ममा देखिएको उनको भनाई छ । ‘प्रदीप शाही (अन्तिम संस्कारका निर्देशक)ले जुन स्टोरी लिएर आउनुभयो, त्यो मनपर्‍यो । क्यारेक्टरमा चाहिँ गर्न सक्छु कि सक्दिनँ भन्ने लागेको थियो । किनभने क्यारेक्टर बोल्ड र स्ट्रोङ छ । उहाँले मलाई हौसला दिएपछि म तयार भएँ,’ दीयाले भनिन् ।

पेशाले नर्स रहेकी उनलाई अभिनयसँगै हिमाल आरोहण गर्न पनि उतिक्कै रुचि छ । मनास्लु हिमाल र अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवाको आरोहण गरिसकेकी उनले गत वर्ष संसारकै अग्लो शिखर सगरमाथाको पनि सफलतापूर्वक आरोहण गरेकी थिइन् । बढीजसो बेलायतमा बसोबास गर्ने गरेकी उनले ‘अन्तिम संस्कार’पछि अरु फिल्म सम्झौता गरेकी छैनन् ।

Most Visited News (monthly)