मिति : २०८१ कार्त्तिक ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भाग्यमानी कि अभागी आर्यन ?

फिल्मीखबर, काठमाडौं, 2023/06/06

Aaryan Adhikari

 

अभिनेता आर्यन अधिकारीलाई शरीरको बनावटका कारण ‘नेपाली टाइगर श्राफ’सँग दाँज्ने गरिन्छ । हुन पनि टाइगरको झल्को दिने शरीर छ आर्यनको । उनको बाह्रैमास ‘सिक्स प्याक’ शरीर हुन्छ । तर, शरीर बनाउन उनले गर्ने मिहिनेत र तपस्या अभिनयमा भने देखिन सकेको छैन । यसैले त डेब्यू फिल्मदेखि उनको अभिनयको आलोचना हुँदै आएको छ । एक्सनमा भने उनमा खोट छैन ।

पहिलो फिल्म ‘के म तिम्रो होइन र ?’बाट एक्सनमा राम्रो सम्भावना देखाएका आर्यन असफलतासँग जुध्दै आइरहेका छन् । पहिलो फिल्मदेखि सुरु भएको असफलताको श्रृंखला ‘बटरफ्लाई’, ‘बाँध मायाले’ र ‘लाखे’सम्म टुटेन । उनको अझै एउटा फिल्म ‘जस्मिन’ प्रदर्शन हुनै बाँकी छ भने सोमबार उनले नयाँ फिल्म ‘फनफनी’ सम्झौता गरेका छन् । तिहारपछि यो फिल्म छायांकनमा जाँदैछ ।

एकपछि अर्को फिल्म असफल हुँदा उनलाई अभागी हिरोको ट्याग लागेको छ । तर, एक हिसाबमा उनी भाग्यमानी हिरो पनि हुन् । लगातार फिल्म असफल हुँदा प्रायः कलाकार फिल्मविहीन हुनुपर्छ । कमसेकम आर्यनको हकमा यो छैन । उनलाई फिल्मको हाहाकार भएको खासै देखिएको छैन । अघिल्लो वर्ष उनको ‘लाखे’ रिलिज भएको थियो । र, यस वर्ष ‘फनफनी’मा काम गर्दैछन् ।

नेपाल र अमेरिका सराबरी बस्ने गरेका उनले ५ वटा फिल्ममा काम गरिसकेर पनि अभिनयमा आफूलाई प्रमाणित गर्न नसक्नु चाहिँ बिडम्बना हो । उनले अभिनयभन्दा ‘बडी शो’ गर्ने फिल्ममा जोड दिएर पनि हुनसक्छ । फिल्मको संख्या मात्र थप्नु उपलब्धि कदापि हैन । लामो करिअरका लागि अभिनयमा सुधार आवश्यक हुन्छ । अब शरीर देखाउनभन्दा अभिनय देखाउन बढी जोड दिने कि !

Most Visited News (monthly)