मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.50/5.00)
Text size:-
+
-

‘जारी’को कमाई अझै जारी

फिल्मीखबर, काठमाडौं, 2023/06/12

५१औं दिनको मुखमा 'जारी'

 

फिल्म ‘युगदेखि युगसम्म’मा एउटा लोकप्रिय गीत छ, ‘आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन ।’ यो गीतले भन्न खोजेको कुरा केही नेपाली फिल्मको हकमा मिल्छ, जसलाई जे-जस्ता अवरोध आए पनि कुनै फरक परेन । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’ यसको उदाहरण हो । केही आशातित नेपाली र विदेशी फिल्मको चुनौतीका बावजूद पनि ‘जारी’को कमाई जारी छ ।

जेठ २० गते प्रदर्शनको ५१औं दिन पूरा गरिसकेको फिल्म देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स च्यानल क्यूएफएक्ससहित एक दर्जन बढी हलमा अझै प्रदर्शनरत छ । यसको अर्थ फिल्म हेर्ने दर्शक अहिले पनि सुखद छन् । ५१औं दिनसम्ममा फिल्मको नेट कमाई १४ करोड २० लाख थियो । फिल्मले थप १२ लाख बढी कमाई गरिसकेको छ, जुन चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ ।

बोर्डमा राखिएको टीभी स्क्रिनमा देखिएको तथ्यांकअनुसार सोमबार बिहानसम्ममा फिल्मको नेट कमाई १४ करोड ३२ लाख ७० हजार ३ सय ८१ रुपैयाँ छ । केही हलमा अझै बक्सअफिस सिस्टम जडान नभएकाले फिल्मको नेट कमाई बोर्डको तथ्यांकभन्दा करिब १० प्रतिशत बढी हुन सक्ने देखिन्छ । फिल्मले अहिले पनि प्रत्येक दिन डेढ/दुई लाखको आसपासमा कमाई गरिरहेको छ ।

 

jari movie


‘जारी’पछि जेठ अन्तिमसम्ममा एक दर्जन बढी आशातित नेपाली र विदेशी फिल्म प्रदर्शनमा आए । तर, कुनै फिल्मले दर्शकलाई हलमा आकर्षित गर्न सकेनन् । जसले गर्दा ‘जारी’को यात्रामा अवरोध सिर्जना भएन । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले बक्स अफिसमा लामो यात्रा गर्न सम्भव भएको हो । फिल्मले विदेशी भूमिमा पनि उतिक्कै आक्रामक रुपमा प्रदर्शन गरिरहेको छ ।