मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा अञ्जनाको दौडधुप

फिल्मीखबर, काठमाडौं, 2023/06/30

anjana baraili

 

फिल्म हिट हुनु कलाकारका लागि सानोतिनो उपलब्धि होइन । यसले करिअरलाई मजबूत बनाउँछ । फिल्ममा व्यस्तता बढाउँछ । तर, केहीको हकमा भने यो लागू भएको देखिन्न । अभिनेत्री अञ्जना बराइलीलाई यसको उदारणार्थ दिन सकिन्छ । उनको डेब्यू फिल्म ‘महापुरुष’ सुपरहिट भएको थियो । उनको अभिनय पनि रुचाइएकै थियो । तर पनि उनको करिअर सुखद देखिएको छैन ।

‘महापुरुष’को सफलताले फिल्ममा अञ्जनाको व्यस्तता बढाउनु पर्ने थियो । तर, फिल्म रिलिजको ७ महिना वितिसके पनि उनलाई नयाँ फिल्मबाट प्रस्ताव पुगेको समेत जानकारीमा छैन । बरु उनको व्यस्तता विभिन्न फिल्मको प्रिमियर बढी देखिन्छ । यही बुधबार फिल्म ‘परस्त्री’को प्रिमियरमा देखिएकी उनी त्यसअघि ‘आइ एम ट्वान्टी वान’ र ‘प्रेमा’ फिल्मको प्रिमियरमा पनि देखापरेकी थिइन् ।

प्रिमियरमा जनाएको उपस्थितिले केही कलाकारको हातमा फिल्म परेको देखिएको छ । अञ्जनाले पनि फिल्मकर्मीको नजरमा पर्न प्रिमियरमा दौडधुप बढाएको हुनसक्ने टिप्पणी भैरहेको छ । ‘महापुरुष’पछि उनको हातमा फिल्म नहुनुले पनि यसखालको टिप्पणी भएको हुनसक्छ । उनले केही महिना अगाडि अभिनेत्री वर्षा राउतसँग एउटा हेयर कलरवाला विज्ञापनमा भने काम गरेकी थिइन् ।

उनले ‘महापुरुष’ टिमकै नयाँ फिल्म ‘महाजात्रा’मा काम गर्न सक्ने चर्चा छ । चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दा कलाकारमा उनको नाम राखिएको छ । बोर्डमा फिल्म दर्ता गर्दा कलाकारको नाम राख्नुपर्ने हुनाले मात्र उनको नाम चढाइएको हो वा उनको अभिनय पनि रहन्छ, त्यो भने घोषणापछि नै थाहा हुनेछ । यो फिल्ममा जोडिएको अवस्थामा अञ्जनालाई धेरै ठूलो राहत मिल्नेछ ।

Most Visited News (monthly)