मिति : २०८१ आश्विन ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘गुराँस’को वर्ल्ड प्रिमियरका लागि चेक रिपब्लिक उडिन् मेनुका

फिल्मीखबर, काठमाडौं, 2023/07/04

चेक रिपब्लिकमा हुन लागेको ‘दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा सहभागी हुनका लागि अभिनेत्री मेनुका प्रधान मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छिन् । आफू अभिनीत फिल्म ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार उक्त फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएपछि उनी चेक रिपब्लिक उडेकी हुन् । मेनुका अन्तर्राष्ट्रिय फेस्टिभलमा पहिलो पटक सहभागी हुन लागेकी हुन् ।

 

guras


‘मेरो यो अन्तर्राष्ट्रिय फेस्टिभलमा पहिलो अनुभव हो । त्यसैले स्वभाविक रुपमा खुसी लाग्ने नै भयो । अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ उनले उत्साहित हुँदै भनिन्, ‘तर मलाई त्यहाँ गएर अरुभन्दा पनि धेरै फिल्म हेर्न मन छ । अनि त ‘गुराँस’ पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ ।’ फिल्ममा मेनुका गुराँसको आमाको भूमिकामा छिन् ।

उनले आमाको भूमिका भए पनि कथा रोचक भएकाले काम गर्न राजी भएको बताइन् । ‘म त कहिले पनि फिल्म गर्दा आमा हो कि छोरी हो भनेर हेर्दिनँ । आफ्नो भूमिका हेर्छु । यसमा पनि मेरो भूमिका रोचक भएकैले गरेकी हुँ । एक महिना दार्जिलिङमा सुटिङ हुँदा पनि रमाइलो भएको थियो,’ उनले सुनाइन् । नेपाल र भारतको प्रस्तुतिमा बनेको फिल्मलाई सौरभ राईले निर्देशन गरेका हुन् ।

फेस्टिभलमा निर्देशक राई पनि सहभागी हुनेछन् । हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षिया बालिकाको आँखाबाट कथा वाचन गरिएको फिल्मले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गरेको छ । फिल्मलाई निर्देशक राई स्वयंले लेखेका हुन् । ‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 

guras


फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ । फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । नेदरल्यान्डको रोट्रेड्याम इन्टरनेसनल फिल्म फेस्टिभलमा छनौट हुन सफल गुराँस’ले नेदरल्यान्डको हुबेर्ट बल्स फन्ड जित्न सफल भएको थियो ।