मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३० दिनमा प्याकअप ‘चित्रा’, अञ्जनाको गुपचुप इन्ट्री

फिल्मीखबर, काठमाडौं, 2023/10/17

‘पञ्चेबाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बनेको नयाँ फिल्म ‘चित्रा’ ३० दिनमा ‘प्याकअप’ भएको छ । पोखरामा फिल्मको सम्पूर्ण छायांकन गरिएको हो । मौसम प्रतिकुल हुँदा पनि कलाकार र प्राविधिकहरुको मिहिनेतका कारण एक महिनामै छायांकन सकिएको निर्देशक लामिछानेले बताए । फिल्मलाई माघे संक्रान्तीको मौका पारेर आगामी पौष २७ गते प्रदर्शन गरिँदैछ ।

 

movie chitra


फिल्ममा प्रकाश घिमिरे, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, सन्तोष अधिकारी, प्रमोद अग्रहरी, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल लगायतको अभिनय छ । फिल्ममा ‘महापुरुष’ फेम्ड अभिनेत्री अञ्जना बराइलीको पनि अभिनय रहेको छ । फिल्ममा उनको प्रवेशलाई निर्माण टिमले छायांकन अवधिभर गुपचुप राखेको थियो ।

सन्तोष अधिकारी फिल्मस् तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण रहेको फिल्मले एक सेवानिवृत्त बाबु र छोरीको कथालाई उठान गरेको छ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको यस फिल्ममा प्रविण सिंहको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन, अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा लेखन छ ।

 

anjana baraili


फिल्ममा राजनराज सिवाकोटीको संगीत छ । केदार पराजुली (श्री कृष्ण फिल्मस्)ले वितरणको जिम्मा लिएको फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार अविनास रोका मगरले लिइसकेका छन् । नेपालकै मितिमा अष्ट्रेलियामा पनि फिल्म रिलिज गरिने जनाइएको छ । निर्माता अधिकारीको नयाँ फिल्म ‘डलर एयुडी’को छायांकन तिहारपछि सुरु हुँदैछ भने फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

Most Visited News (monthly)