मिति : २०८१ आषाढ १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’बाट ९ वर्षपछि निर्देशनमा फर्किँदै सुरज

फिल्मीखबर, काठमाडौं, 2023/12/15

khajure bro

 

ग्याङस्टर फिल्म ‘षडङ्ग’ बाट निर्देशनमा राम्रो सम्भावना देखाएका सुरज सुनुवारले झन्डै ९ वर्षको विश्रामपछि फिल्म ‘खजुरे ब्रो’बाट पुनरागमन गर्ने भएका छन् । शुक्रबार विहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै फिल्मको शुभ साइत गरिएको छ । कमेडी कथावस्तुमा बन्न लागेको फिल्ममा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्ध भैसकेका छन् ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको निर्मातामा नबीन मानन्धर र सुरज सुनुवार छन् भने कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् । शिशिर बिसंखेको काँधमा फिल्म छायांकनको जिम्मेवारी छ । आगामी माघ पहिलो साताबाट छायांकन सुरु गर्ने योजनामा निर्माण छ । फिल्मको छायांकन काठमाडौं, इटहरी र धरानसँगै भारतस्थित दार्जलिङका विभिन्न ठाउँमा गरिनेछ ।

फिल्मका गीतमा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल युनिट प्रोडक्सन म्यानेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसरमा छन् । अहिलेका दर्शकको चाहनाअनुसार पूर्ण मनोरञ्जन दिने उदेश्यका साथ फिल्म बनाउन लागिएको निर्माता मानन्धरले बताए । त्यस्तै, निर्देशक सुनुवारले ‘षडङ्ग’मा भएका कमी-कमजोरीलाई सुधार गरेर एउटा राम्रो फिल्म बनाउन प्रयास गर्ने बताएका छन् ।