मिति : २०८१ भाद्र २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ५’को तयारीमा झरना

फिल्मीखबर, काठमाडौं, 2024/01/02

 

विश्वमै सिरिज फिल्मप्रति मेकर र दर्शकको आकर्षण अद्भुत छ । यसैले सफल फिल्मको नाममा थुप्रै श्रृंखला निर्माण भएका छन् । नेपालमा पनि व्यावसायिक हिसाबले सिरिज फिल्म नै सर्वाधिक सफल देखिन्छन् । यसमा ‘ए मेरो हजुर’ सिरिज पनि पर्छ । यसका चारवटा श्रृंखला निर्माण भैसकेका छन् । तर, पहिलो श्रृंखलाको गर्विलो साख अरुले जोगाउन नसकेको टिप्पणी हुँदै आइरहेको छ ।

अब ‘ए मेरो हजुर’को पाँचौं श्रृंखला निर्माण हुने भएको छ । यस वर्षको भदौमा प्रदर्शन भएको फिल्म ‘एक भगवत् र एक गीता’को असफलताले हच्किएकी निर्देशक झरना थापाले अंग्रेजी नयाँ वर्ष (२०२४)को अवसर पारेर सोमबार इन्स्टाग्राम स्टोरीमा उदाउँदो सूर्यको तस्वीर साझेदार गर्दै ‘ए मेरो हजुर ५’ निर्माणको घोषणा गरेकी हुन् । उनले फिल्मबारे अरु जानकारी भने गराएकी छैनन् ।

‘ए मेरो हजुर २’देखि झरना आफैंले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएका छिन् । पाँचौं श्रृंखलालाई पनि उनले नै निर्देशन गर्नेछिन् । फिल्ममा उनकै छोरी तथा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा प्रस्तुत हुने चर्चा छ । मुख्य अभिनेतामा भने झरनाको पहिलो रोजाईमा अनमोल केसी छन् । फिल्मको अघिल्लो दुई श्रृंखलामा अनमोल र सुहानाले जोडी भएर एकसाथ काम गरिसकेका छन् ।

 

jharana thapa


झरनाले यस वर्ष ‘ए मेरो हजुर’ श्रृंखलालाई थाती राख्दै लैंगिक अल्पसंख्यक समुदायको कथामा ‘एक भगवत् र एक गीता’ बनाएकी थिइन् । फिल्मले उठाएको विषयवस्तुको राम्रै प्रशंसा भएको थियो । तर, लेखन र प्रस्तुतीकरण कमजोर हुँदा फिल्म सफलताबाट बञ्चित हुन पुग्यो । उक्त फिल्ममा भएको घाटाको भरपाई अब झरनाको परिवार ‘ए मेरो हजुर ५’बाट गर्ने योजनामा देखिएको छ ।