मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भारतमा ‘हनुमान’ चम्किएपछि नेपाल भित्राइँदै

फिल्मीखबर, काठमाडौं, 2024/01/16

HanuMan Movie Review: Prasanth Varma Will Make You Roar 'Jai Shri Ram'  Preparing For 22nd January 2024's Historic Event - An Answer To Hollywood &  Marvel's Superhero Fatigue!

 

फिल्म चल्नका लागि बजेट र स्टारकास्टभन्दा कन्टेन्ट बलियो हुनुपर्छ भन्ने उदाहरण बनेको छ, तेलुगू फिल्म ‘हनुमान’ । २५ करोड भारुमा निर्माण भएको फिल्ममा ठूलो स्टारकास्ट छैन । तर, यतिबेला फिल्मले बलियो ‘वर्ड अफ माउथ’को सहारामा भारतीय बक्स अफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले हिन्दीसहित पाँच भाषामा गरी ४ दिनमा ५५ करोडमाथिको कमाई गरेको छ ।

फिल्मको कथावस्तु औसत भए पनि सीजीआई, भीएफएक्स, ब्याकग्राउन्ड स्कोर र छायांकन पक्ष सशक्त देखिएको छ । दर्शक र समीक्षकले ‘ब्रह्मास्त्र’ र ‘आदिपुरुष’भन्दा राम्रो भीएफएक्स रहेको भन्दै प्रशंसा गरिरहेका छन् । दक्षिण भारतमा सुपरहिट भैसकेको फिल्मले हिन्दी भर्सनमा ४ दिनमा १६ करोड १७ लाखमाथि कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमा उल्लेख गरेका छन् ।

भारतमा ‘हनुमान’ले अनपेक्षित व्यापार गरेपछि अब यो फिल्मलाई नेपाल भित्राइँदैछ । मनोज राठी र उज्जवल पौडेलको ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको नेपाल प्रदर्शन अधिकार लिइसकेको छ भने यही शुक्रबारबाट प्रदर्शन हुनेछ । प्रदर्शनपूर्व ‘हनुमान’लाई नेपाल ल्याउन कुनै वितरकले इच्छा देखाएका थिएनन् । भारतमा सफल भएपछि भने नेपाली वितरकलाई फिल्म महंगो परेको छ ।

तेलुगूको पहिलो सुपरहिरो फिल्म भनिएको ‘हनुमान’मा प्रशान्त वर्माको निर्देशन रहेको छ । माइथोलोजी जनरा (पौराणिक कथा)मा बनेको फिल्ममा तेजा सज्जा, अमृता अय्यर, विनय राय, वरलक्ष्मी सरथकुमार, राज दीपक शेट्टी आदिको अभिनय छ । ‘हनुमान’को कथा अन्जनाद्रि नामको एक काल्पनिक गाउँमा आधारित छ, जहाँ अचानक हनुमन्थु (तेजा सज्जा)लाई हनुमानको शक्ति मिल्छ ।