मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनाङबाट धिरज र उपासनाको ‘खुस्मा’ छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2024/01/28

Khusma-Team

 

अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलोपटक सहकार्य गरेको फिल्म ‘खुस्मा’को पहिलो चरणको छायांकन मनाङबाट सुरु भएको छ । यही माघ १० गतेबाट फिल्मको छायांकन सुरु गरिएको हो । हिउँका दृश्यहरु फिल्मको महत्वपूर्ण अंग भएकाले निर्माण टिम सुरुमै मनाङमा छायांकनका लागि पुगेको हो । मनाङपछि फिल्मको बाँकी छायांकन पूर्वी रुकुममा हुनेछ ।

अशोक थापा मगरले निर्देशन सम्हालेको फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु), अरुण मगर पनि मुख्य भूमिकामा छन् । द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित रहेको फिल्मको निर्मातामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी छन् । धिरजले फिल्ममा फरक तरिकाको लभस्टोरी रहेको बताएका छन् । उनी गाउँले चरित्रमा प्रस्तुत हँदैछन् ।

 

Dhiraj-Upasana


एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको फिल्ममा एसडी योगी, सुरेन्द्र राना तथा राम अविरल विष्टको संगीत रहेको छ भने दीपक बज्राचार्य छायाँकारमा छन् । फिल्मलाई गोविन्द शाहीको कम्पनी काफिया फिल्मस्ले देशभर वितरण गर्नेछ ।