मिति : २०८१ कार्त्तिक ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रुमानी’मा साम्राज्ञी र आर्यनको जोडी

फिल्मीखबर, काठमाडौं, 2024/02/05

Aaryan Adhikari and Samragyee Rajya Laxmi Shah

 

‘डायरी’ निर्देशक अनिल योञ्जनले करिब ७ वर्षपछि फिल्म ‘रुमानी’बाट कमब्याक गर्ने भएका छन् । आगामी चैतबाट छायांकनको तयारी गरिएको फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता आर्यन अधिकारी मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । अर्थात् फिल्ममा उनीहरुको जोडी बाँधिनेछ । लभस्टोरी कथावस्तुमा बन्न लागेको फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ ।

फिल्मलाई हरि मल्ल ठकुरी र जिएम ठकुरीले मिलेर निर्माण गर्नेछन् । ‘रुमानी’ नाममा ५ वर्षअघि एक कम्पनीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइसकेको छ । तर, फिल्म भने बनेको छैन । बोर्डमा नाम दर्ता गरेको तीन वर्षसम्म फिल्म निर्माण भएर प्रदर्शनमा नआए निर्माण इजाजत स्वतः रद्द हुने प्रावधान छ । यसैले हरि र जिएमले यो नाम लिन अहिले दौडधुप गरिरहेका छन् ।

‘रुमानी’मा निर्माता ठकुरी स्वयंको कथा र निर्देशक योञ्जनको पटकथा तथा संवाद छ । फिल्मबारे ठकुरी भन्छन्, ‘फिल्म लभस्टोरी भए पनि चलिरहेको धारभन्दा अलि फरक छ । प्रेमकथामा पनि संवेदनशील विषय उठाउँदैछौं ।’ हरि र जिएमले यसअघि फिल्म ‘लाखे’ निर्माण गरेका थिए । ‘रुमानी’को शाब्दिक अर्थ सुन्दर र मनमोहक हुन्छ । यो शब्दले खासमा महिलालाई प्रतिनिधित्व गर्छ ।

साम्राज्ञीको कामको कुरा गर्दा उनको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’को केही प्रतिशत छायांकन अड्किएर बसेको छ । सम्भवतः आगामी महिनाभित्र फिल्मको बाँकी छायांकन सुरु हुन सक्नेछ । गत भदौ अन्तिममा साम्राज्ञी फिल्म ‘नांङ्गो गाउँ’मा देखिएकी थिइन् । त्यस्तै, आर्यनको पछिल्लो रिलिज फिल्म ‘लाखे’ हो । फिल्म ‘के म तिम्रो होइन र’बाट उनको डेब्यु भएको थियो ।

Most Visited News (monthly)