मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

ऋतिकको ‘फाइटर’ फ्लप कि हिट ?

फिल्मीखबर, काठमाडौं, 2024/02/06

Fighter | Advance booking opens for Hritihik Roshan, Deepika Padukone and  Anil Kapoor's Fighter - Telegraph India

 

गत वर्ष (२०२३) ‘पठान’ जस्तो ब्लकबस्टर फिल्म दिएका निर्देशक सिद्धार्थ आनन्दले अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणलाई लिएर बनाएको फिल्म ‘फाइटर’ बक्स अफिसमा दम तोड्ने अवस्थामा पुगेको छ । २४ करोडको ओपनिङ गरेको फिल्मलाई घरेलू बजारबाटै लगानी सुरक्षित गर्न चुनौती देखिएको छ । यो फिल्म २ सय ५० करोडको लागतमा निर्माण भएको हो ।

विकेन्ड अर्थात् तीन दिनमा ९३ करोड ४० लाख कमाएपछि फिल्मको व्यापारमा ठूलो गिरावट आएको छ । दोस्रो हप्ताको शुक्रबार र शनिबार व्यापारमा केही सुधार देखिए पनि आइतबारबाट फेरि खस्कियो । फिल्मले १२औं दिनसम्ममा भारतीय बजारबाट १ सय ७८ करोड ६० लाख कमाएको इन्डिया टाइम्सले उल्लेख गरेको छ । फिल्मको विश्वव्यापी कलेक्सन भने ३ सय करोड नाघेको छ ।

इन्डिया टाइम्सका अनुसार, सोमबारबाट भारतमा फिल्मको अकुपेन्सी १० प्रतिशतभन्दा तल देखिएको छ । र, व्यापार ३ करोडमा झरेको छ । जसले गर्दा अब फिल्मलाई २ सय करोडको आँकडा पनि टाढा बनेको छ । फिल्मले घरेलु बजारबाटै लगानी उठाउन झण्डै ३ सय करोड कमाई गर्नुपर्ने ट्रेड एनालिस्टहरुको तर्क छ । फिल्मको गिर्दो व्यापार हेर्दा यो अंक अब असम्भव नै देखिन्छ ।

‘फाइटर’ व्यापारिक हिसाबमा अब्बल बन्न चुकेको भए पनि समीक्षा अब्बल मिलेको छ । बलिउडमा पहिलोपटक एरियल एक्सन फिल्म बनेको हो । फिल्मको एरियल एक्सनको दृश्य, छायांकन, सम्पादन, अभिनय, निर्देशन पक्षको जबर्जस्त प्रशंसा भएको छ । तर, ‘फाइटर’को बक्स अफिस अंकले बलिउडलाई ठूलो झट्का लागेको छ । नेपालका वितरकलाई समेत फिल्मले डुबाएको छ ।