मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

सय दिन मनाउने यस वर्षको दोस्रो फिल्म बन्यो ‘दिमाग खराब’

फिल्मीखबर, काठमाडौं, 2024/02/17

dimag kharab

 

डिजिटल युगसँगै नेपाली फिल्मलाई सफलताको मानक मानिने प्रदर्शनको ५१औं र सय दिन दुर्लभ बनेको छ । ‘एनलग’को जमाना यो रेकर्ड सामान्य मानिन्थ्यो । फिल्म निर्माण र प्रदर्शन कम हुने भएकाले धेरै फिल्म हलमा महिनौं टिक्थे । तर, अचेल हलमा एक हप्ता टिकिराख्न पनि नेपाली फिल्मले ठूलो संघर्ष गर्नुपर्ने अवस्था छ । यद्यपि, वर्षमा केही फिल्मले लामो यात्रा तय गर्ने गरेका छन् ।

यस वर्षकै कुरा गर्ने हो भने गत बैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’ले सय दिन मनायो । त्यसपछि दशैंमा रिलिज भएको फिल्म ‘परदेशी २’ ५१औं दिनसम्म चल्यो । अब यस वर्ष हलमा सय दिन मनाउने दोस्रो फिल्मको रेकर्ड ‘दिमाग खराब’ले बनाएको छ । गत कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले शनिबार काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा सय दिन मनाएको हो ।

प्रदर्शनको दुई दिन फिल्मको व्यापार कमजोर थियो । तेस्रो दिनमा बलिउडको ठूलो फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आउँदा ‘दिमाग खराब’ले ठूलो चुनौती सामना गर्नुपर्‍यो । तर, अब्बल ‘वर्ड अफ माउथ’पछि तिहार विदामा फिल्मले बक्स अफिसमा उछाल कायम गर्‍यो । अन्ततः ‘टाइगर ३’ले एक हप्तामै नेपालका हलमा दम तोड्यो । ‘दिमाग खराब’ले भने प्रदर्शनको सय दिन पूरा गरेको छ ।

फिल्मको ‘लाइफटाइम कलेक्सन’ १० करोडको आसपास छ । अर्थात् यस वर्षको ‘हिट’ फिल्म बनेको छ । निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’को सिक्वेल समेत घोषणा गरिसकेका छन्, जुन २०८३ सालमा प्रदर्शन गर्ने उनको लक्ष्य छ । उनले २०८४ सालको चुनावलाई लक्षित गरेर फिल्म बनाउन लागेको बताइन्छ । ‘दिमाग खराब’बाट उनले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन् ।

Most Visited News (monthly)