मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिइन् अञ्जना, कसले बन्नेछिन् जोडी ?

फिल्मीखबर, काठमाडौं, 2024/05/29

anjana baraili

 

अभिनेत्री अञ्जना बराइलीका लागि फिल्म करिअर सुखद् बनिरहेको छ । उनलाई पहिलो फिल्म ‘महापुरुष’बाटै सफलता मिल्यो । यतिबेला हलमा प्रदर्शन भइरहेको फिल्म ‘पूजार सार्की’ पनि सफलताको बाटोमा लम्किँदैछ । यसरी हेर्दा उनलाई फिल्ममा राम्रै ‘लक’ लागेको देखिन्छ । उनलाई फिल्मको प्रस्ताव पनि निरन्तर आइरहेको छ । अहिले उनको पाइपलाइनमा २ वटा फिल्म छन् ।

अघिल्लो वर्ष फिल्म ‘सिड्नी ब्लूज’ सम्झौता गरेर बसेकी अञ्जना अब अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि भित्रिएकी छन् । बुधबार निर्माण टिमले एक पोस्टरमार्फत् फिल्ममा उनी अनुबन्ध भएको जानकारी गराएको छ । यो फिल्ममा यसअघि अभिनेताद्वय प्रकाश सपूत र मुकन भुषाल अनुबन्ध भैसकेका छन् । उनीहरुमध्ये एकजनाको जोडीको रुपमा अञ्जना प्रस्तुत हुने जनाइएको छ ।

विनोद न्यौपाने, भोलाराज सापकोटा, देशभक्त खनाल लगायतको पनि अभिनय रहने फिल्मलाई सरोज पौडेलले निर्देशन गर्नेछन् । यसमा उनकै कथा छ । यही जेठ २१ गतेबाट छायांकन सुरु हुन लागेको फिल्मको निर्मातामा विनोद पौडेल र प्याट्रिक सुवेदी छन् । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आइरहेको कम्पनी ‘सेभेन सिज इन्टरटेनमेन्ट’ले यो फिल्मको निर्माण गर्नेछ ।

फिल्मले मौलिक कथाको एउटा गहन र यथार्थ विषय उठाउन लागेको बताइएको छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । यसअघि फिल्मको एक मोसन पोस्टर सार्वजनिक गर्दै कथासारबारे प्रकाश पारिएको थियो । फिल्मले बाबु र छोराको सम्बन्धको कथा भन्ने जनाइएको छ ।

Most Visited News (monthly)