मिति : २०८१ कार्त्तिक २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेड 4k क्यामेराको संख्या बढ्यो

फिल्मीखबर, काठमाण्डौ, 2012/02/07

सिनेमा खिच्ने क्यामेराको संख्या दिनानुदिन बढिरहेका छन् । प्रोसेसिङमा ढिलाई हुने हुदा रिलिमा आधारित क्यामेराको प्रयोग घटिरहेको सर्न्दर्भमा नेपालमा एक्कासी टू के प्रविधि भित्रियो । टूकेले सिनेमा खिच्न सजिलो भएको भन्दै यसको प्रयोग २०६७ सालमा निकै नै भयो । तर पछिल्लो ६ महिना यता टूके लेन्सको प्रयोगले सिनेमामा फोकस आउट समस्या ज्यादा देखिदा यो क्यामेराको आकर्षण बाट सिनेकर्मी पछि हट्न थालेका छन् ।  

 
त्यस्तै टूके भन्दा माथिल्लो गुणस्तरको रेड सिने 4k  क्यामेरा नेपाल भित्रिए लगत्तै 4k  बाट नेपालमा पहिलो पटक काठमाण्डू सिनेमा खिचेका आकाश अधिकारीले अमेरिकाबाट उक्त क्यामेरा भित्राएको केही बर्ष मै रेडको प्रयोग पनि बढिरहेको छ । पछिल्लो समय आकाशको मात्र  रेड क्यामेरा रहेको यो उद्योगमा हाल आधा दर्जनको संख्यामा उक्त क्यामेरा भित्रिसकेका छन् । आकाश पश्चात सम्राट सापकोटाले फोर के भित्राए लगत्तै निर्देशक सिमोस सुनुवारको टिमले दुईवटा 4k भित्राएपछी उक्त क्यामेराको संख्या ४ पुग्यो । यो भिडमै अभिनेता धिरेन शाक्यले पनि रेड क्यामेरा भित्राएका छन् । आफ्नो कम्पनी जस्मिन फिल्मसबाट उनले भाडामा सञ्चालन गर्ने योजना अनुरूप एक साता अघि अमेरिकाबाट उक्त क्यामेरा भित्राएको जानकारी दिए । 
 
'क्यामेराको सम्पूर्ण  लेन्स त छैन तर केही समयका लागि ल्याईएका लेन्सबाट हाम्रो सिनेमा  खिच्न आरामले सकिन्छ' आफ्नो क्यामेराको बारेमा धिरेनले जानकारी गराए ।  धिरेनले प्रविधिसंगै परिवर्तन हुने योजना अनुरूप सुपर १६ क्यामेरा पूरानो भएको भन्दै फोर के भित्राएको बताए । उनले भने, 'त्यो क्यामेराको प्रयोग नहोला भन्न सकिन्न तर जस्मिन फिल्मसबाट पहिलो प्राथामिकतामा रेड पर्छ अब ।'
 
यस्तै उनले अन्य 4k क्यामेराको दाजोमा आफ्नो क्यामेराको प्रयोग लागतमा खासै महंगो भाडा नतोक्ने पनि बताए । क्यामेरा भित्रिए लगत्तै उनले आफ्नो क्यामेरा मायाज बार खिच्न बुक भैसकेको पनि जानकारी गराए । केही साता भित्रै दिनेश डिसीले निर्देशन गर्ने उक्त चलचित्रमा धिरेन पनि अभिनय गर्दैछन् । 
 
 
तर उनले  भित्राएको रेड क्यामेरा चाईनिज भएको भन्ने खबरहरू चलिरहेका बेला फिल्मीखबरले उक्त बिषयमा राखेको जिज्ञासामा धिरेनले हल्लाको पछी नलाग्न आग्रह गरे । उनले भने, 'अमेरिकाबाट मलाई साथीले पर्ठाईदिएको हो यो क्यामेरा तर वायर र मनिटर भने चाईनाबाट आउदैछ ।'   
 

 

Most Visited News (monthly)