मिति : २०८१ माघ २६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

निर्देशक खरेल र अभिनेत्री अधिकारी पुरस्कृत हुने

फिल्मीखबर, काठमाण्डौ, 2012/06/06

अभिनेत्री बसुन्धरा भुसालले स्थापना गरेको चेतनारायण–बुसन्धरा भुसाल सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । एक विज्ञप्ती जारी गर्दै भुसालले २०६७ सालको पुरस्कार बरिष्ठ चलचित्रकर्मी यादव खरेल र २०६८ तर्फ अभिनेत्री शुभदा अधिकारीलाई पुरस्कृत गर्ने जनाएकी छिन् ।

 

जारी गरिएको विज्ञप्तीमा पुरस्कारको राशि ताम्र पत्र सहित जनही पच्चिस हजार एक रहेको छ ।  आउदो असार १५ गते प्रज्ञा प्रतिष्ठान कमलादिमा एक कार्यक्रम गरि प्रदान गरिने सो पुरस्कार २०५८ साल देखि प्रदान गरिदै आएको छ । विज्ञप्तीमा विगतका बर्षझै यो बर्ष न्यूयोक कलामञ्चद्धारा प्रदान गरिने सम्मान पुरस्कार पनि बुसन्धराकै गुठीको आयोजनामा प्रदान गरिने जनाईएको छ ।

 

न्यूयोर्क मञ्चले सोही दिन प्रज्ञाप्रतिष्ठानका कुलपति अम्बर गुरूङ र २०६८ सालको सम्मान पुरस्कार नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपती प्रचण्ड मल्ललाई जनही तीस हजारका दरले पुरस्कार प्रदान गरिने बताईएको छ ।