राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुङले घाँटु नाच्ने भएकी छिन् । पोखरेलीहरूले निर्माण गर्न लागेको ‘याम्फावती दी प्रिन्सेस'मा पोखरेली ठिटी सिपोराले मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन् ।
'घलेक-दी साईन अफ लभ’मा नामक फिल्ममा अभिनय गरेकी सिपोराको याम्फावती दी प्रिन्सेस'लाई कृष्ण कुमार गुरुङले निर्देशन गर्दैछन् । निर्देशक कृष्णका अनुसार गुरुङहरुको परम्परागत घाँटु नाँचमा रानी याम्फावती हुन्छे । सती जाने वेलामा यम्फावतीले मुकुट छाडेर जान्छे । यही कथामा सिपोराले आफ्नो अभिनय कला प्रस्तुत गर्नेछिन् ।
फिल्ममा अभिनय गर्न थालेकी सिपोराले भलिबल कहिल्यै नछोड्ने बताईन् । उनले आफ्नो पहिलो प्राथमिकता भलिबल र दोस्रो फिल्म भएको प्रस्ट्याईन् । भलिवल खेलबाट नाम कमाएकी सिपोराले फुर्सदको समयमा मात्र फिल्म गर्ने बताईन् ।